२०८३ असार १ गते , सोमबार

झापा ३ का विपन्न परिवारलाई खाद्यान्न सामाग्री 

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २९ गते , शनिबार
झापा ३ का विपन्न परिवारलाई खाद्यान्न सामाग्री 

झापा । झापाका अति विपन्न परिवारहरूले खाद्यान्न सामाग्री सहयोग पाएका छन् । दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भइरहेको बेला ओरेन्टो मल्टी ट्रेड प्रा. लिले उनीहरूलाई खाद्यान्न सामाग्री सहयोग गरेको हो ।

काठमाडौँमा प्रधान कार्यालय रहेको ओरेन्टो मल्टी ट्रेड कम्पनीले काम दाम नहुँदा दुई छाक टार्न धौधौ परेका झापा क्षेत्र नम्बर ३ का एक सय बढी अति विपन्न मजदुर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा ओरेन्टोले विपन्न मजदुरलाई प्रति परिवार चामल १ बोरा, नुन १ केजी, दाल १ केजी र तेल १ पोका का दरले वितरण गरेको छ ।

नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना सङ्क्रमणका कारण एक महिनादेखिको जारी निषेधाज्ञाका कारण दैनिक ज्यालामा मजदुरी गरी बिहान बेलुकाको छाक टार्ने गरिब मजदुरका लागि समस्या भएको हुँदा हामीले सकेको सानो सहयोग गरेको ओरेन्टो मल्टी ट्रेड प्रा.लि का वार्ड डाइरेक्टर डिल्लीराम पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार