२०८३ असार १ गते , सोमबार

आमाको सम्झनामा इन्दिराले बनाइदिइन् देउनिया बस्तीमा फलामे पुल

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २९ गते , शनिबार
आमाको सम्झनामा इन्दिराले बनाइदिइन् देउनिया बस्तीमा फलामे पुल

झापा । बन्दी सहायता नेपालकी अध्यक्ष इन्दिरा राना मगरले दिवंगत आमाको सातौ पुण्य तिथिमा पुल निर्माण गरिदिएकी छन् ।अर्जुनधारा नगरपालिका ११ स्थित देउनिया बस्तीमा महिला तथा बालबालिकाहरुलाई बेलुकीपख जङ्गलको बाटो हिँडडुल गर्न समस्या भएकोले हिले खोलामा एक लाख पचास हजारको लागतमा फलामे पुल निर्माण गरिदिएकी हुन् ।

दिवंगत भएकी आमा मनमाया मगरको सम्झनामा सातौं दिनको पुण्य कर्ममा निर्माण गरिएको पुलको जनप्रतिनिधि मोहनकुमार योगीले उद्घाटन गरे ।केही महिनाअघि इन्दिराले रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान झापाबाट राष्ट्रिय आदर्श आमा पुरस्कारको रुपमा नगद एक लाख एघार हजार एक सय एघार पाएकी थिइन् । आफूले पाएको पुरस्कारमा केही रकम थप गरी पुल निर्माण गरिदिएको उनले बताइन् ।

सम्बन्धित समाचार