२०८३ असार १ गते , सोमबार

घरमा अस्ट्रेलियामा छु भनेर ढाडेकी रजनीको काठमाडौँको होटेलमा शव फेला परेपछि...

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २८ गते , शुक्रबार
घरमा अस्ट्रेलियामा छु भनेर ढाडेकी रजनीको काठमाडौँको होटेलमा शव फेला परेपछि...

झापा । कुनै घटना यस्तो फिल्मी शैलीमा भइरहेका छन् की विश्वास नै गर्न सकिन्न । काठमाडौँ केही दिन अगाडी यस्तै घटना भएको छ । निषेधाज्ञाको समयमा सुनधारामा रहेको होटेल प्रेसिडेन्टमा एक महिलाको लास फेला पर्‍यो । तर घटना निक्कै शङ्कास्पद छ । विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा रहेको भनिएकी रजनी गुरुङको लास होटेलमा भेटिएको हो ।

होटेलको कोठामा रहेको सिलिङमा उनी मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार घटना निक्कै शङ्कास्पद छ । रजनी गुरुङले विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा छु भनेर घर परिवारलाई जानकारी दिइरहेकी थिइन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेश कुमार बस्नेतका अनुसार पोखरा घर भएकी उनी मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको छ ।

उनी मृत भन्ने थाहा पाएपछि प्रहरी पुग्यो । खानतलासी गर्दा उनी पोखराकी रजनी गुरुङ भन्ने पत्ता लाग्यो । त्यसपछि उनका परिवार झिकाइयो । अभिभावकको उपस्थितिमा परीक्षणका लागि पठाइएको बस्नेतको भनाई छ । मृतक गुरुङको मृत्यु कसरी भयो भन्ने बारेमा परीक्षण रिपोर्टपछि मात्रै बताउन सकिने बस्नेतले बताएका छन् ।

तर रजनी गुरुङले घरपरिवारमा विगत पन्ध्र महिनादेखि अस्ट्रेलिया पुगिसके भनेर बताएका कारण उनले किन ढाँटिन् ? पन्ध्र महिनादेखि उनले के गरेर कहाँ बसिन् । यो सबै पत्ता लगाउन प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ । ताजा खबरबाट

सम्बन्धित समाचार