२०८३ असार १ गते , सोमबार

झापाका युवा उद्यमी दिपेन्द्र पोखरेलको निधन

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २७ गते , विहीबार
झापाका युवा उद्यमी दिपेन्द्र पोखरेलको निधन

झापा । झापाका युवा उद्यमी दिपेन्द्र पोखरेलको निधन भएको छ । कोरोना संक्रमण भई विगत एक महिनादेखि काठमाडौमा उपचाररत युवा उद्योगी पोखरेलको गएराति निधन भएको हो ।
काठमाडौंको नर्भिक हस्पिटलमा राति १२ बजे पाखरेलको निधन भएको उनका कान्छा भाइ प्रविण पोखरेलले जानकारी दिए । ५३ वर्षीय पोखरेल विगत ३६ दिनदेखि त्यहाँ उपचाररत थिए । नेपाल प्लाइउड भेनियर संघका प्रदेश अध्यक्ष पोखरेल उद्योगीसँगसँगै राजनीतिक र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका थिए । बिर्तामोड नगरपालिका ३ निवासी पोखरेलका श्रीमती , एक छोरा र एक छोरी रहेका छन् ।

सम्बन्धित समाचार