२०८३ असार १ गते , सोमबार
दशगजा क्षेत्रबाट सशस्त्र प्रहरीले फेला पार्यो बेवारिसे मोटरसाइकल
झापा । नेपाल भारतको दशगजा क्षेत्रबाट सशस्त्र प्रहरीले एउटा बेवारिसे मोटरसाइकल फेला पारेको छ । मेचीनगर ७ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सतिघट्टाको टोलीले नेपाल—भारतको दशगजा क्षेत्र नजिकै कासघाँरीमा लुकाइछिपाई राखेको मे ५ प ५१५६ नम्बरको कालो रङ्गको सुपर स्प्लेण्डर मोटरसाइकल फेला परेको हो ।
मोटरसाइकलको हेण्डल लक गरी राखिएको थियो । मोटरसाइकलका बारेमा थप अनुसन्धान भइरहेको र हाल उक्त मोटरसाइकल बिओपी सतिघट्टामा राखिएको जनाइएको छ । कसैले चोरी गदै लगेको वा प्रहरीलाई देखेपछि त्यही लुकाएर राखेको हुन सक्ने प्रहरीको आशङ्का छ ।