२०८३ असार १ गते , सोमबार

झापामा करेन्ट लागेर एक बालकको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २६ गते , बुधबार
झापामा करेन्ट लागेर एक बालकको मृत्यु

झापा । झापामा करेन्ट लागेर एक बालकको बुधवार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १० स्थित ठुटेबर निवासी डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश गुरुङ रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार आफ्नै घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुँदा ती बालकलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका बालकलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन सामुदायिक हस्पिटल ल्याइ पुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार