२०८३ असार १ गते , सोमबार

झापामा निषेधाज्ञा उल्लङ्घन गर्ने बसलाई ५ हजार जरिवाना

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २६ गते , बुधबार
झापामा निषेधाज्ञा उल्लङ्घन गर्ने बसलाई ५ हजार जरिवाना

झापा । जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा उल्लङ्घन गर्ने एक यात्रुवाहक बसलाई कार्वाहीस्वरुप जरिवाना तिराएको छ ।  मङ्गलवार बेलुका ६ ३० बजे बुटवलबाट काँकडभिट्टासम्मको लागि आएको ना ४ ख ५१५२ नम्बरको यात्रुवाहक बसलाई दमक नगरपालिका ४ स्थित राजमार्गमा अस्थायी प्रहरी पोस्ट तारावारिले चेकजाँच गर्ने क्रममा रोक्न खोज्दा जबरजस्ती भगाएको थियो । त्यसपछि उक्त बसलाई इप्रका दमकबाट खटिएको प्रहरी टोलीले दमक बसपार्कमा रोकी चेकजाँच गर्दा बिना पास २३ जना यात्रु चढाई ल्याउँदै गरेको खुलेको थियो ।

उक्त बसले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी नियन्त्रण रोकथामको लागि सरकारले लगाएको निषेधाज्ञा उल्लङ्घन गरेको पाइएकोले बस तथा बस चालकलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय पठाइएको थियो । प्रशासनले कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेशको दफा २१ बमोजिम चालकलाई पाँच हजार रुपैयाँ जरिवाना गरी छोडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार