२०८३ असार १ गते , सोमबार

बिर्तामोडका कार्यवाहक वडा अध्यक्ष विपन्न परिवारको चुल्हो बाल्न व्यस्त

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २५ गते , मंगलबार
बिर्तामोडका कार्यवाहक वडा अध्यक्ष विपन्न परिवारको चुल्हो बाल्न व्यस्त

भद्रपुर । कोरोनाको दोस्रो लहर फैलिएयता गाँस जुटाउन समस्यामा परेका वडावासीप्रति जिम्मेवारी लिँदै बिर्तामोड ८ का कार्यवाहक वडाध्यक्ष दीपक भट्टराई विपन्नको चुल्हो बाल्न तल्लीन देखिएका छन् । 

वडाभित्रका अति विपन्न परिवारको पहिचान गरी वडा सरकारको जिम्मेवारी पूरा गर्न एक महिनायता दिनरात खटिरहेका भट्टराईले वडाभित्र चुल्हो निभ्न दिएका छैनन् ।

सङ्कटमा नागरिकका समस्या हल गर्ने वचन दिएर जनमत पाएका भट्टराईले स्थानीय सरकारी कोषमा मात्र भर नपरी विभिन्न दाता खोजेर विपन्नको गाँस जुटाइरहेका छन् । स्थानीयका अनुसार भट्टराईले खाद्यान्न अभाव भएर भोकमा परेका वडावासी थाहा पाउने बित्तिकै खाद्यान्न आफैँ पुर्‍याइदिने गरेका छन् ।

आफ्नै पहलमा खाद्यान्न जुटाइरहेका भट्टराईले स्थानीय सरकारी सवारी साधनको समेत प्रयोग गरेका छैनन् । आफ्नै निजी सवारी साधन प्रयोग गर्ने कार्यवाहक वडाध्यक्ष भट्टराईले ८ सय बढी व्यक्तिलाई खाद्यान्न जुटाइसकेको बताए । उनी भन्छन्— निजी स्वार्थका लागि नभएर मानव कल्याणका लागि विपन्नको चुल्हो बाल्न निरन्तर लागिरहने छु ।

सम्बन्धित समाचार