२०८३ असार १ गते , सोमबार

माओवादी केन्द्रद्वारा बिर्तामोड र भद्रपुरका विपन्न परिवारलाई राहत वितरणको तयारी

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २१ गते , शुक्रबार
माओवादी केन्द्रद्वारा बिर्तामोड र भद्रपुरका विपन्न परिवारलाई राहत वितरणको तयारी

झापा । झापाका विभिन्न ठाउँमा कोरोना महामारीले प्रभावित भएका अति विपन्न परिवारलाई राहत वितरणको तयारी सुरु गरिएको छ । नेकपा माओवादी केन्द्र बिर्तामोड नगर समिति र भद्रपुर नगर समितिको पहलमा बिर्तामोड र भद्रपुरका विपन्न परिवारहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले राहत वितरणको तयारी सुरु गरिएको हो। सक्नेले दिएर जाँउ नसक्नेले लिएर जाँउ नाम दिएको सो राहत वितरण अभियान माओवादी केन्द्र पहिलो चरणमा बिर्तामोड र भद्रपुरमा सुरु गर्न लागेको हो ।                                               

नेकपा माओवादी केन्द्र बिर्तामोड नगर समितिले गत सोमबारदेखि देखि नगर भित्रका अति विपन्न परिवारलाई राहत स्वरूप दाल, चामल, तेल, नुन लगायतको खाद्यान्न सामग्री वितरण गर्ने जनाइएको छ । अहिलेसम्म नगर भित्रका करिब एक सय  परिवारलाई सहयोग पुर्‍याइएको पार्टीका नगर इन्चार्ज युवराज दाहालले जानकारी दिए । पार्टीका विभिन्न तहका नेता कार्यकर्ता, सहयोगी एवं शुभचिन्तकहरु बाट प्राप्त भएको सहयोग लाई जिल्ला पार्टी कार्यालय बिर्तामोडबाट वितरणको व्यवस्था मिलाइएको दाहालले बताए।

सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई पालना गरी राहत वितरण लाई अघि बढाइएको उनको भनाई । यो अभियान लकडाउन भरी निरन्तर रहने माओवादी बिर्तामोड नगर समितिले जनाएको छ । अभियानको नियमित समय बिहान ७ बजे देखि १० बजे सम्म हुनेछ साथै त्यहाँ सम्म उपस्थित हुन नसक्नेका लागि सम्बन्धित परिवारको निवासमै पुगेर राहत प्रदान गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।  यता भद्रपुरमा पनि आइतबारदेखि राहत वितरण गर्ने माओवादी केन्द्रका नगर इञ्चार्ज नरेश सञ्जेलले जानकारी दिए ।  

सम्बन्धित समाचार