२०८३ जेष्ठ ३१ गते , आईतबार

सुनकोशी नदीमा आएको बाढीले बगायो निर्माणाधीन पुल

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १३ गते , विहीबार
सुनकोशी नदीमा आएको बाढीले बगायो निर्माणाधीन पुल

ओखलढुंगा । सुनकोशी नदीमाथि निर्माणाधीन मोटरेवल पुल बाढीले भत्काएको छ। सिन्धुली र ओखलढंगा जोड्ने निर्माणाधीन नवलपुरको पक्की पुल सुनकोशीमा बुधबार राति आएको बाढीले बगाएको हो।

ओखलढंगाको चम्पादेवी गाउँपालिका–१ पलापु र सिन्धुलीको फिक्कल गाउँपालिका–२ पोखरी जोड्ने बहुप्रतिक्षित निर्माणाधीन नवलपुरको मोटरेवल पक्की पुल बाढीले भत्काएको स्थानीय गंगा फुयालले जानकारी दिए।

आर्थिक वर्ष २०७२-७३ बाट निर्माण  सुरु भएको उक्त पुलको २०७८ असार १५ मा म्याद सकिदै छ। पुलको निर्माण कार्य चुण्डी–शर्मा जेभी कन्ट्रक्सन प्रा.लि सानेपाले गरिरहेको छ।

पुल निर्माणको अनुमानित लागत २२ करोड रहेको छ। दुई सय मिटर लम्बाई रहेको पुलको बीचमा रहेको ४० मिटरको स्पान नदीमा आएको बाढीले बगाउँदा करोडौको क्षति भएको छ। 

सम्बन्धित समाचार